अमेरिकाले ७५ जना अवैध भनिएका नेपाली नागरिक नेपाल फिर्ता पठायो

काठमाडौं, । अमेरिकाले आज ७५ जना अवैध भनिएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता पठाएको छ। ओम्नी एअर इन्टरनेशनलको चार्टर विमानबाट नेपाल फर्किएका यी व्यक्तिहरू बुधबार स्थानीय समयानुसार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

बाल्टिमोरबाट बिहान ५ बजे उडेको उक्त विमानले बुल्गेरियाको राजधानी सोफिया र भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौंको यात्रा पूरा गरेको हो।

विमानस्थलका अधिकारीका अनुसार, विमानमा सवार ७५ जना नेपाली नागरिकलाई अमेरिकी सरकारले “अवैध” ठहर गर्दै नेपाल फिर्ता गरेको हो। यिमध्ये केही नागरिक हिरासतमा रहँदै देश फिर्ता गरिएका हुन सक्छन् भन्ने उनीहरूको भनाइ छ।

यसअघि पनि अमेरिकाले नेपाली नागरिकहरूलाई नियमित रूपमा अवैध ठहर गर्दै देश फिर्ता गरिरहेको छ। विदेश मन्त्रालय र नेपालकाे अध्यागमन विभागले यस सम्बन्धमा आधिकारिक प्रतिक्रिया दिएको छैन।

विमानस्थल प्रहरी र अध्यागमन विभागका अधिकारीहरूले आएका नागरिकहरूको प्रक्रिया अविलम्ब सकिएको जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button