२४ भाद्र २०८३, बुधबार

नौ महिनापछि छुटे रवि, जिम्मेवारीमा फर्किएको सूचना

सहकारी ठगी प्रकरणमा नौ महिना थुनामा बसेर आज रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।

कार्यवाहक सभापति डिपी अर्यालले सूचना जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचनको मुद्दामा लामिछाने गत वर्ष चैत २२ गतेदेखि थुनामा छन् ।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि उनले अग्रिम जमानत बुझाएर छुट्न पाउँ भन्दै निवेदन दिएका थिए । हिजो न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज छुटेका हुन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button