पूर्व राजा र आरएसएस प्रमुख भारतको एकै ठाउँमा

पूर्व राजा ज्ञानेन्द्र शाह भारतको सिलिगुडी पुगेको भोलिपल्ट भारतीय जनता दल निकट प्रभावशाली हिन्दुवादी धार्मिक संगठन राष्ट्रिय स्वयमसेवक संगठन (आरएसएस) का प्रमुख मोह भगत पनि पुगेका छन् । मोह हिजो त्यहाँ आयोजित आरएसएसको केन्द्रीय सम्मेलनमा भाग लिन गएको बताइन्छ ।

शाह पूर्व रानी कोमल,छोरी प्रेरणा र केही सुरक्षाकर्मीसहित गत बुधबार राति झापा हुँदै सिलिगुडी पुग्नु र भगत त्यसको भोलिपल्ट त्यहाँ जानुलाई अर्थपूर्ण मानिएको छ । स्थानीय होटल मेरियटमा बस्नुभएका शाहसँग भगतको भेट भएको स्रोतको दावी छ ।

पूर्व राजा बुधबार अपरान्ह पौने ४ बजे काकडभिट्टाबाट पश्चिम बंगालको पानीट्याङ्की हुँदै त्यता जानुभएको थियो । पहिले उहाँहरु धार्मिक यात्राको क्रममा उत्तरपूर्वी भारत जानुभएको खबर थियो ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button