बाह्य शक्तिहरूको कुनै पनि बहानामा भेनेजुएलाको आन्तरिक मामिला माथिको हस्तक्षेपको चीनले विरोध गर्दछ

डिसेम्बर २३ तारिख संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले क्यारिबियन क्षेत्रको परिस्थितिबारे आकस्मिक खुला बैठकको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ उपप्रतिनिधि सुन लेइले अमेरिकाले अरु मुलुकको सार्वभौमिकता,सुरक्षा र वैध अधिकारमा हस्तक्षेप गरेर क्षेत्रीय शान्ति र सुरक्षामा धम्की दिएकोले चीनले बाह्य शक्तिहरूको कुनै पनि बहानामा भेनेजुएलाको आन्तरिक मामिला माथिको हस्तक्षेपको विरोध गरेको बताउनुभएको छ।
केही समययता अमेरिकाले ‘लागू पदार्थको बिक्रीलाई प्रहार गर्ने’ निहुँ खोजेर क्यारिबियन समुद्र र भेनेजुएला वरिपरि समुद्री क्षेत्रमा सैनिक परिचालन थपेर भेनेजुएलामाथि नाकाबन्दी र सशस्त्र धम्की थपेको छ। अमेरिकाको श्रृँखलाबद्ध व्यवहारले क्षेत्रीय अवस्था तनावपूर्ण बनाउनुका साथै उक्त क्षेत्रका मुलुक र अन्तर्राष्ट्रिय समाजलाई चिन्तित बनाएको छ।
संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी उपप्रतिनिधि सुन लेइले भन्नुभयोः अमेरिकाको व्यवहारले अरु मुलुकको सार्वभौमिकता, सुरक्षा र वैध अधिकारहरु हस्तक्षेप गर्नुका साथै गम्भीर रुपमा संयुक्त राष्ट्र संघको बडा पत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको छ, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र सुरक्षालाई धम्की दिएकोले धेरैभन्दा धेरै क्षेत्रीय मुलुक र अरु क्षेत्रका मुलुकले अमेरिकाको व्यवहारको आलोचना गरेका छन्।
CGTN





