सुटुक्क भारत पुगेका पूर्व राजा फर्किए, काठमाडौँमा र्‍याली

अघिल्लो साता सुटुक्क भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् ।

पूर्व राजा गत बुधबार अपराह्न पौने ४ बजे काकडभिट्टाबाट पश्चिम बंगालको पानीट्याङ्की हुँदै सिलिगुडी पुगेका थिए । पूर्व रानी कोमल,छोरी प्रेरणा र केही सुरक्षाकर्मीसहित अचानक भारत गएका उनी आज सोही मार्ग हुँदै झापा फर्किएको बताइएको छ ।

पूर्व राजपरिवार देश-विदेशको घुमघाममा व्यस्त रहँदा यता काठमाडौँमा राजावादीहरूले मोटरसाइकल र्याली निकालेका छन् । पुस १४ गते पूर्व राजा वीरेन्द्रको जन्मोत्सव मनाउने कार्यक्रमअन्तर्गत राजवादीहरूको एक समूहले आज र्‍याली गरेको हो ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button