प्रचण्ड र माधवपछि पूर्व राष्ट्रपति झलनाथ निवासमा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालको निवास डल्लु पुगेकी छन् ।

जेनजी विध्वंसका बेला आगलागीमा परी गम्भीर घाइते खनालपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न उनी आज दिउँसो त्यहाँ गएकी हुन् । दिउँसो २ बजे खनाल निवास पुगेकी पूर्व राष्ट्रपति करिब एक घण्टा त्यहाँ बसेको बताइएको छ ।

भारतमा उपचार गरेर अस्ति स्वदेश फर्किएकी चित्रकारलाई भेट्न आज बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल पनि डल्लुस्थित निवास पुगेका थिए । एमाले नेता प्रदीप ज्ञवालीले पनि चित्रकारलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको र थप सुधारका लागि उपचार जारी रहेको बताइएको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button