२६ डिसेम्वर अर्थात पुष ११ गते माओ दिवस!

-देब गुरुङ

यस सन्दर्भमा विश्व सर्वहारा वर्गका महान गुरु, चिनिया क्रान्तिका नायक तथा चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष क.माओ प्रति हार्दिक श्रद्वान्जली!

क.माओ आज भन्दा १३२ वर्ष अगाडी चीनको हुनान प्रान्तको शाङशाओ गांउमा सन् १८९३ डिसेम्वर २६ मा जन्म भएको थियो र सन् १९७६ सेप्टेम्वर ९ मा ८३ वर्षको उमेरमा वेईजिङमा वहांको निधन भएको थियो।

क.माओले आफ्नो जीवन कालमा अर्धसामन्ती र अर्धऔपनिवेसिक मुलुकमा श्रमजीवि वर्गले कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरा वैचारिक रुपले मार्क्सवाद-लेनिनवादमा थप समृद्विकरण गर्नु भयो। र उक्त विचारलाई चीनिया क्रान्तिबाट व्यबहारिक प्रयोगमा पनि पुष्टी गर्नु भयो। त्यसका साथै विश्व परिवेसको सन्दर्भमा लेनिन ले भन्नु भएको विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विश्लेषण माथि माओले थप व्याख्या गर्दै विश्व साम्राज्यवाद र उत्पिडित राष्ट्रहरु विचको प्रमुख अन्तरविरोध भन्दै विश्वको वर्ग विश्लेषण गर्नु भयो। उक्त वर्ग विश्लेषण २१ औ शताव्धिमा पनि बस्तुसम्मत देखिन्छ।

त्यसैले माओका विचारहरु विश्व क्रान्तिको सन्दर्भमा पनि सार्वभौम रहेको देखिन्छ। यद्यपि नेपाली कम्युनिष्ट आन्दोलनमा २०७५ मा नेकपा एकता गर्दा देखि माओवादलाई अन्तर पार्टी छलफलको विषय बनाएता पनि विश्व कम्युनिष्ट आन्दोलनमा माओका विचारहरु मार्ग निर्देशक बनेको देखिन्छ। माओवादको पदावली को प्रयोग गरे पनि वा नगरे पनि माओवादको मुल आधार मार्क्सवाद-लेनिनवाद हो।

मार्क्सवाद-लेनिनवादलाई आजको २१ औ शताब्धिको युग को विश्व साम्राज्यवाद को वर्ग विशेषता को ठोस विश्लेषण र त्यसको आधारमा विश्वसाम्राज्यवाद विरुद्वको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई सहि ढंगले सुसंगठित गर्न सकेमा त्यो नै २१ औ शताव्धिको मालेमावादको सहि प्रयोग हुने देखिन्छ। त्यस दिशामा माओका विचारहरुले कुनै न कुनै रुपमा मार्गनिर्देसन गरिरहेको देखिन्छ।

अतः विश्वसाम्राज्यवादका विरुद्व उत्पिडित राष्ट्रहरुले स्वाधिनताको आन्दोलनलाई तीब्रता दिनै पर्छ। त्यसबाट मात्र उत्पिडित राष्ट्रहरुले राष्ट्रिय पुंजि र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सक्नेछ। त्यहि राष्ट्रिय स्वाधिन अर्थतन्त्रको जगमा समाजवादी क्रान्ति संभव हुनेछ। यहि मार्ग चित्र नै क.माओका विचारहरु संग अन्तरसंबन्धित रहेको देखिन्छ। क.माओका योगदानहरुलाई यसै सन्दर्भमा मार्गनिर्देशकको रुपमा स्मर्णिय रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button