रवि-बालेन सम्झौतालाई ठग र गँजेडीको मिलनको संज्ञा

नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँहरूलाई चुनौती दिएका छन् ।

रवि लामिछानेको रास्वपा र बालेन साहबीच भएको एकताप्रति उनको यस्तो प्रतिक्रिया आएको हो । रास्वपासहित नागरिक उन्मुक्ति र जनमतहरूको उदाहरण दिँदै उनले १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन खुला चुनौती दिएका हुन् ।

आफ्नो पार्टी र एमालेको भने प्रशंसा गर्दै राठोरले सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने दाबी गरे । ‘यि नयाँ पार्टीहरू कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन्’, उनले भने ।

बालेन र रविलाई गँजेडी र ठगको संज्ञा दिएका राठोरले देशलाई युक्रेन बनाउने खेल भैरहेको आशंका पनि गरेका छन् । भने, ‘युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज भोगिरहेको छ, नेपालमा पनि यि गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरूले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन । ’

फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने राठोरको चेतावनी छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button