लियाओयाङ रेस्टुरेन्ट आगलागी दुर्घटनाको आधिकारिक अनुसन्धान प्रतिवेदन सार्वजनिक

२२ को मृत्यु, ८ जनालाई आपराधिक जाँचको सिफारिस

लियाओनिङ (चीन), डिसेम्बर ३०। चिनियाँ प्रान्त लियाओनिङको आपतकालीन व्यवस्थापन प्राधिकरणले लियाओयाङ शहरमा भएको एक रेस्टुरेन्ट आगलागी दुर्घटनाको आधिकारिक अनुसन्धान प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ। अप्रिल २९ मा भएको उक्त आगलागीमा २२ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए।

प्रतिवेदनले रेस्टुरेन्ट सञ्चालकहरू सहित आठ जनालाई आपराधिक जाँचका लागि न्यायिक निकायमा पेश गर्ने सिफारिस गरेको छ। त्यस्तै, यस दुर्घटनाको लागि दाेषी मानिएका ४० जनासम्मका सार्वजनिक अधिकारीहरू अनुशासनात्मक र कानुनी जाँचको सामना गर्न बाध्य हुनेछन्।

प्रतिवेदनले उक्त आगलागी धेरै पक्षको असफलताले भएको एक गम्भीर कार्यस्थल सुरक्षा दुर्घटना भएको उल्लेख गरेको छ। प्रमुख कारणहरूमा रेस्टुरेन्टले आफ्नो प्राथमिक सुरक्षा जिम्मेवारीबाट टाढा रहेको, अनाधिकृत रेनोवेसन कार्य गरेको र दहनशील एलुमिनियम-प्लास्टिक प्यानल प्रयोग गरी बाह्य भित्ताको विस्तार गरेको पाइएको छ।

दहनशील फोहोर मालसामानको अनुचित भण्डारण, एक ग्राहकले निभेको सिगरेटको बट्टा फ्याँकेको, उपमानक बाह्य इन्सुलेसन सामग्री प्रयोग, अग्निशमन उपकरणको खराबी, प्रारम्भिक प्रतिक्रियामा असक्षमता र स्थानीय प्राधिकरणहरूको अपर्याप्त निरीक्षण पनि यस दुर्घटनाका लागि जिम्मेवार छन्।

अनुसन्धान अनुसार, आगलागी सुरु भएको मुख्य कारण वाङ उपनाम भएको एक ग्राहकले निभेको सिगरेटको ठुटाे फ्याँकेपछि हावाले बढाएर यो टुक्रा एउटा खुला ठाउँमा गएर भित्र थन्किएका गत्ता र अन्य फोहोरमा आगो लागेको हो। आगो दहनशील एलुमिनियम-प्लास्टिक बाह्य प्यानल र भवनको बाहिरी भागमा प्रयोग भएको पोलिस्टाइरीन इन्सुलेसनबाट छिटो फैलिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button