सिचाङ अध्यागमन विभागका महानिर्देशक र नेपाली महावाणिज्यदूत बीच भेटघाट

ल्हासा स्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिचाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सि होङबीच महावाणिज्यदूतावासमा मंगलबार भेटघाट भएको छ । महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई हालसम्म पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भएको भोटेकोशी नदीको मितेरी पुलको निर्माण कार्य सम्पन्न गरी पुस १७ गतेदेखि रसुवा नाकाबाट आयात निर्यात शुरु गर्न लागेकोमा चीन सरकार र सिचाङ अध्यागमन विभागलाई नेपालका तर्फबाट धन्यवाद दिँदै निरौलाले यसले नेपाल चीन सम्बन्धमा थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा महानिर्देशक वाङले नेपाल-चीन ऐतिहासिक सम्बन्ध बलियो रहेको भन्दै महावाणिज्यदूतावास र आफ्नो विभाग मिलेर विगतमा धेरै काम गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाललाई सहयोग पुर्याउन सधैं तयार छौँ।’

नेपाल चीन सम्बन्धका विविध विषयमा छलफल भएको उक्त भेटमा दुई देशबीचका सबै सीमा नाकाहरुलाई मिले व्यवस्थित गर्ने, नाकाहरुमा हुने आयात निर्यात र मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था थप बलियो बनाउने, दुई देशका अधिकारीहरुबीचको आदानप्रदान अझै सुदृढ बनाउने र एक आपसका कार्यहरुमा सहयोग पुर्याउने मतैक्यता पनि भएको थियो ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button