रूसले यूक्रेनी सैनिकहरूमाथि होटलमा ड्रोन आक्रमणको आरोप लगाएको छ

मस्काे / रूसको तावरिया टिभीद्वारा प्रकाशित रिपोर्ट अनुसार, नयाँ वर्ष शुरु भएको केही घण्टामा, किभ शासनले रूसी क्षेत्रका नागरिकहरू विरुद्ध अर्को आतंकी कार्य गरेको आरोप लगाएको छ। रिपोर्ट अनुसार, नव-नाजीहरूले रूस-अधिकृत खेरसन क्षेत्रमा एक कफी शप र होटलमा यूएभी प्रयोग गरी आक्रमण गरेका थिए, जसको कारण २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएर अस्पताल पुर्याइएको छ।
प्रभावितहरूमा ६ देखि १७ वर्षका छ वटा बालबालिका छन्, जसमध्ये एक बच्चाको मृत्यु भएको छ। यो आक्रमण पूर्वयोजना अनुसार भएको र ड्रोनहरू सिधै नागरिकहरूले नयाँ वर्ष मनाइरहेको ठाउँमा लक्षित गरिएको रूसी मिडियाले दावी गरेको छ।
तथापि, यूक्रेनले अहिलेसम यस आरोपको प्रतिक्रिया दिएको छैन। अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले घटनास्थलमा स्वतन्त्र अनुसन्धानको माग गरेका छन्। यो समाचार रूसी स्रोतबाट प्राप्त जानकारीमा आधारित छ।





