चिनियाँ नागरिकलाई भेनेजुएला यात्रामा सतर्क रहन सल्लाह

बेजिङ्ग चीन / चीनको विदेश मन्त्रालय र भेनेजुएलामा रहेको चिनियाँ दूतावासले शनिबार एक बिज्ञप्ति जारी गरी चिनियाँ नागरिकहरूलाई हाल भेनेजुएला यात्रा गर्नबाट अस्थायी रूपमा टाढा रहन सल्लाह दिएको छ। यो सिफारिश संयुक्त राज्य अमेरिकाले ल्याटिन अमेरिकी देश भेनेजुएलामा गरेको सैन्य हमलाको कारण उच्च सुरक्षा जोखिमको परिप्रेक्ष्यमा गरिएको हो।

विदेश मन्त्रालयको कन्सुलर विभागको वीच्याट खाताबाट प्रकाशित सूचनाअनुसार, भेनेजुएलामा रहेका चिनियाँ नागरिक र संस्थाहरूलाई स्थानीय सुरक्षा परिस्थितिको बारेमा सचेत रहने, सुरक्षा उपाय र आपतकालीन तयारी बलियो बनाउने र अनावश्यक बाहिर निस्कनबाट टाढा रहने सल्लाह दिइएको छ। साथै, संघर्ष क्षेत्र वा संवेदनशील क्षेत्रहरूबाट टाढा रहन पनि अनुरोध गरिएको छ।

बिज्ञप्तिमा उल्लेख गरिए अनुसार, यदि आपतकालीन अवस्था सिर्जना भएमा, चिनियाँ नागरिकहरूले तुरुन्त स्थानीय प्रहरीलाई जानकारी गराउनुको साथै चिनियाँ दूतावासमा सम्पर्क गरी सहयोग माग्न सक्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button