कोलम्बियाका राष्ट्रपतिलाई पनि ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्रेर न्युयोर्क पुर्याएपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोलाई खुला चेतावनी दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘अब उनले (पेत्रो) आफ्नो ख्याल राख्नुपर्छ किनभने मादुरोले कोकिन बनाएर अमेरिकी बजारमा पठाइरहेका थिए ।’

कोलम्बियाली राष्ट्रपति पेत्रोले अमेरिकी कारबाहीलाई ‘ल्याटिन अमेरिकाको सार्वभौमत्वमाथि आक्रमण’ भनेपछि ट्रम्पको चेतावनी आएको हो । कोलम्बियाली राष्ट्रपतिले अमेरिकी आक्रमणले मानवीय संकट निम्त्याउने चेतावनी दिएका छन्।

ट्रम्पले क्यारिबियन क्षेत्रमा लागुऔषध नियन्त्रणको नाममा सेना परिचालन गरेदेखि नै उनी अमेरिकी सरकारको कडा आलोचक बन्दै आएका थिए । यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबालाई पनि सम्भावित लक्ष्यको संकेत दिएका छन्। रुबियोले भने, ‘यदि म हवानामा बसेको हुन्थें र सरकारमा हुन्थें भने कम्तिमा अलिकति चिन्तित हुन्थेँ ।’

मादुरोको समर्थन र अमेरिकी आक्रमणको विरोध गर्दै क्युबाको राजधानी हवानाको सडकमा निकालिएको जुलुसमा त्यहाँका राष्ट्रपति मिगेल डियाज क्यानेल स्वयम् भेनेजुएला र क्युबाको झण्डा बोकेर सहभागी भएका छन् ।

https://www.facebook.com/share/v/17wUSzHHsr/

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button