अमेरिकाद्वारा राष्ट्रपति मादुरो र उनकी पत्नीको नियन्त्रण र देश निकालाको खबरसँग चीनको गम्भीर चिन्ता

बेइजिङ, जनवरी ४। चीनको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार भने, “भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई जनवरी ३ मा अमेरिकाले सेना पठाएर नियन्त्रणमा लिई देशबाट निकालिएको” खबरसँग चीनले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रवक्ताले भने, अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरू र संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन गरेको छ। विश्वका धेरै देशहरूले पनि यस कार्यवाहीको विरोध जनाएका छन्।

चीनले अमेरिकालाई राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, तुरून्त रिहा गर्न, भेनेजुएला सरकारलाई विघटन गर्ने प्रयास रोक्न, र समस्या समाधानका लागि संवाद र वार्ताको मार्ग अवलम्बन गर्न आह्वान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार “भेनेजुएलामाथि ठूलो स्तरको प्रहार” गरेको घोषणा गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी पक्राउ भई देशबाट निकालिएको दाबी गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमा मादुरोलाई पक्राउ पछि अमेरिकी युद्धपोत आयवो जिमामा राखिएको तस्बिर पनि सार्वजनिक गरेका छन् जुन अमेरिकी सैन्य कार्यवाहीको नवीनतम विकास हो।

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य कार्यवाहीले अन्तर्राष्ट्रिय समुदायलाई छक्कै पारेको छ। धेरै देशहरूले भेनेजुएलामाथि गरिएको आक्रमणको कारण अमेरिकाको कडा निन्दा गरेका छन्।

शनिबार, चीनकाे विदेश मन्त्रालयले एक सार्वभौम राष्ट्र र त्यसका राष्ट्रपति विरुद्ध अमेरिकाद्वारा सशस्त्र बलको खुला प्रयोगको विरुद्ध गहिरो आघात र कडा निन्दा व्यक्त गरेको थियो। प्रवक्ताले भने, “अमेरिकाको यस्तो महाशक्तिवादी कार्यहरूले अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घन गर्दछ, र ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पार्छ। चीनले यसको कडा विरोध गर्दछ। हामीले अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरूको पालना गर्न, र अन्य देशहरूको सार्वभौमिकता र सुरक्षा उल्लङ्घन गर्न बन्द गर्न आह्वान गर्दछौं।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button