दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमण: द्विपक्षीय सम्बन्धमा ‘ऐतिहासिक माइलस्टाेन’

बेजिङ, जनवरी ५ / दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले चीनको आधिकारिक भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध पूर्ण रूपमा पुनर्स्थापित हुनु सबैभन्दा ठूलो उपलब्धि र महत्त्वपूर्ण सफलता भएको बताएका छन्।

आईतवार चीनमा रहेका दक्षिण कोरियाली प्रतिनिधिहरूसँगको बैठकमा राष्ट्रपति लीले भने, “विभिन्न कूटनीतिक उपलब्धिहरू भएतापनि लामो समयदेखि पछि परेको दक्षिण कोरिया-चीन सम्बन्धको पूर्ण पुनर्स्थापना नै सबैभन्दा ठूलो उपलब्धि हो।” उनले यसैगरी द्विपक्षीय सहयोगका असीमित अवसरहरू रहेको पनि जनाए।

कोरियन हेराल्डको अनुसार, लीले यो भ्रमणलाई अर्को ३० वर्षको द्विपक्षीय सम्बन्धको लागि ‘महत्त्वपूर्ण माइलस्टाेन’ बताउँदै यसबाट व्यावहारिक कूटनीतिको सुरुवात भएको बताए।

द कोरियन हेराल्ड र द चोसुन डेलीले समाचार दिएअनुसार, राष्ट्रपति लीले भने, “दक्षिण कोरिया र चीनबीच राजनीतिक सम्बन्ध स्थापना भएकाे ३० वर्षभन्दा बढी भइसक्यो। छिमेकी मुलुकहरूको रूपमा हामीले कहिलेकाहीं कठिन अवधिहरू पनि सामना गर्यौं, तर आदानप्रदान र सहयोगबाट हामीले उल्लेखनीय विकास प्राप्त गर्यौं।”

१९९२ मा राजनीतिक सम्बन्ध सामान्यीकरण भएदेखि द्विपक्षीय सम्बन्धमा आएको उतारचढावलाई मान्दै उनले वर्तमान सकारात्मक गतिलाई कायम राखेर यस्ता कठिनाइहरू फेरि नदोहोर्याउने बचन दिए। उनले दक्षिण कोरियाली सरकारले आपसी सम्मान र विचारमा आधारित संचार र सहयोग बलियो बनाउन पूरा प्रयास गर्ने बताए।

आर्थिक सहयोगको महत्त्वलाई जोर्दै उनले नवीकरणीय ऊर्जा, जैविक प्रविधि, सिल्भर इकनोमी लगायत अन्य धेरै क्षेत्रमा द्विपक्षीय सहयोगका असीमित अवसरहरू रहेको पनि बताए।

यसभन्दा अगाडि, चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ३० डिसेम्बरमा पत्रकार सम्मेलनमा राष्ट्रपति लीको भ्रमणप्रति चीनको अपेक्षा व्यक्त गर्दै दुई देशबीच रणनीतिक सहयोगी साझेदारी अगाडि बढाउन यो भ्रमणले सकारात्मक भूमिका खेल्ने आशा गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button