नेपालभाषा एकेडेमीबाट रूसी लेखिकालाई सम्मान

काठमाडौं, जनवरी ५। रूसी लेखिका तथा कवयित्री तामारा भिक्टोरोभ्ना पोतेम्किनालाई नेपाली र नेपालभाषाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र नेपाली साहित्यलाई विश्वमा पुर्याउन गरेको उत्कृष्ट योगदानको लागि नेपालभाषा एकेडेमीले सम्मानित गरेको छ।

नेपाली साहित्यका अग्रणी कविहरूको कविता रूसी भाषामा अनुवाद गरी समावेश गरिएको ‘नपालसँग परिचय’ नामक पुस्तक लगायत उनको लेखन र मानवीय पहलकदमीबाट रूस र नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई अझ बलियो बनाउनमा सहयोग पुगेको छ।

नेपाली साहित्यिक परम्परासँगको दीर्घकालीन लगाव, अथक परिश्रम र उत्साहले भाषिक एवं सांस्कृतिक विविधताको संरक्षणको उत्कृष्ट उदाहरण बनेकोमा नेपालभाषा एकेडेमीले गहिरो आदर व्यक्त गरेको छ।

एकेडेमीले तामारा पोतेम्किनालाई भविष्यमा रचनात्मक सफलता, नयाँ अनुवाद र प्रकाशन परियोजनाहरू, उत्तम स्वास्थ्य र सृजनात्मक प्रेरणाको शुभकामना व्यक्त गरेको छ। यस पुरस्कारबाट नेपाल-रूस सांस्कृतिक सम्बन्धलाई थप बल मिल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button