ग्रीसमा राष्ट्रव्यापी सञ्चार विफलताले विमानसेवा ठप्प

एथेन्स, २१ पुस – ग्रीसको राष्ट्रव्यापी सञ्चार प्रणाली विफल भएपछि आज बिहान अस्थायी रूपमा देश भरिका आगमन र प्रस्थान गर्ने सबै विमान सेवा निलम्बन गरिएको छ। राज्यको प्रसारक इआरटीले यो जानकारी दिएको छ।

दिउँसोदेखि एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट सावधानीपूर्वक विमान सेवा पुनः सुरु भएको विमानस्थल सञ्चालकले जनाएको छ। स्थानीय समय अनुसार बिहान करिब ९:३५ बजे सञ्चार विफलताको घटनापछि ग्रीसकाे वायुक्षेत्र प्रभावित भएको र एथेन्स र अन्य क्षेत्रीय विमानस्थलहरूमा आगमन र प्रस्थान रोकिएको थियो। यसले देशभरि हजारौं यात्रुहरूलाई विमानस्थलमा घण्टौं अड्काएको छभने केही आगमन विमानहरू अर्कै ठाउँमा पुनः निर्देशित गरिएको छ।

प्रारम्भिक जानकारी अनुसार, ग्रीसको नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्ने वायु यातायात नियन्त्रण केन्द्रहरूको केन्द्रीय रेडियो आवृत्ति प्रणालीमा सर्किट खराबी भएकाले यो विफलता आएको हो। ग्रीक यातायात मन्त्रालयले उडान सुरक्षाको लागि सावधानीका रूपमा सुरुमा ‘अवरफ्लाइट’ (ग्रीस वायुक्षेत्रबाट निस्कने विमान) मात्र जारी राख्न अनुमति दिएको थियो।

एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलमा ९० वटा, उत्तरी ग्रीसको थेस्सालोनिकी विमानस्थलमा ७५ वटा र देशका अन्य विमानस्थलहरूमा दर्जनौं विमान सेवा प्रभावित भएको छ।

स्थानीय मिडिया अनुसार, ग्रीक अधिकारीले यो घटनाको अनुसन्धान सुरु गरेका छन् भने सामान्य वायु यातायात सेवा पूर्ण रूपमा पुनःस्थापित गर्न प्रयास जारी रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button