रसियाले २०३० सम्म परमाणु–सञ्चालित अन्तरिक्ष इन्जिनको नमुना विकास गर्ने, दुई गिगाफ्याक्ट्री यसै वर्ष सुरु हुने

मस्को । रसियाले २०३० सम्म परमाणु–सञ्चालित अन्तरिक्ष इन्जिनको नमुना (प्रोटोटाइप) विकास गर्ने लक्ष्य राखेको छ। रसियाको राज्य परमाणु ऊर्जा निगम रोसआटोमका महानिर्देशक अलेक्सेई लिखाचेभले शनिबार रूस–२४ टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा यो जानकारी दिएका हुन्।

उनका अनुसार रोसआटोम र रसियाको अन्तरिक्ष संस्था रोसकोसमोसबीच छुट्टै संघीय परियोजना अन्तर्गत सहकार्य भइरहेको छ, जसमा चन्द्रमा स्टेशन निर्माण र मेगावाट–स्तरको रकेट इन्जिन विकास समेटिएको छ। “यो साझेदारीले अन्तरिक्ष अन्वेषणलाई अगाडि बढाउन परमाणु ऊर्जाको भूमिका कति महत्वपूर्ण छ भन्ने देखाउँछ,” लिखाचेभले भने। उनले उक्त परियोजनाअन्तर्गत २०३० सम्म इन्जिनको प्रोटोटाइप तयार भइसक्नुपर्ने स्पष्ट पारे।

लिखाचेभले रोसआटोमले विद्युतीय सवारी (इलेक्ट्रिक मोबिलिटी) क्षेत्रमा पनि विस्तार गरिरहेको जानकारी दिए। उनका अनुसार निगमले ऊर्जा समाधान र नियन्त्रण प्रणाली दुवै क्षेत्रमा काम गरिरहेको छ र यसमा ठोस उपलब्धि हासिल भइसकेको छ।

यसै क्रममा, लिथियम–आयन ब्याट्री उत्पादन गर्ने दुई वटा गिगाफ्याक्ट्री सन २०२६ मा सञ्चालनमा आउने उनले बताए। तीमध्ये एक गिगाफ्याक्ट्री कालिनिनग्राद परमाणु ऊर्जा केन्द्र नजिकैको नेमानमा रहनेछ भने अर्को न्यू मस्को क्षेत्रमा स्थापना गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button