निधिको समर्थन, गगनको पुत्ला दहन

नेपाली कांँग्रेसका नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय, सानेपामा दुव्र्यवहार भएको आरोप लगाउँदै उनका समर्थकहरुले भर्खरै काठमाडौंको कोटेश्वरमा मशाल प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले आज दिउँसो पार्टी मुख्यालय प्रवेश गर्ने क्रममा महामन्त्री गगन थापा पक्षधरहरुले निधिलाई दुर्व्यवहार गरेको बताएका छन् ।

मसाल प्रदर्शन कोटेश्वर चोकस्थित महादेवस्थान प्रवेशद्वार नजिकैको रोधी रेष्टुरेन्ट परिसरबाट निकालिएको हो । नेपाल तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा करिब २०–२५ जनाको सहभागिता देखिन्थ्यो । उनीहरुले चर्का नारा लगाउँदै गगन थापाको पुत्ला दहन गरेका छन् ।

कोटेश्वर चोकतर्फ अघि बढेको जुलुसमा प्रदर्शनकारीहरूले ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘लोकतन्त्र जिन्दावाद’, ‘नेतालाई दुव्र्यवहार गर्न पाइँदैन’, ‘गगन थापा मुर्दावाद’ जस्ता नाराहरू लगाएका हुन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button