रवि, बालेन र कुलमानले नरसिङ्गा बजाउँदैमा ओली नडराउने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक शक्ति भनिएका दलले आगामी २० वर्षसम्म बहुमत ल्याउन नसक्ने दावी गरेका छन् । लोकप्रियताको भरमा गठन भएका पार्टीले सामाजिक सञ्जालमै नरसिङ्गा बजाइरहेको टिप्पणी उनले गरे ।

काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरेका छन् । यदि भइहालेमा एमालेले बहुमत ल्याउने दावी उनको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उर्जामन्त्री कलुमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको एकताप्रति कटाक्ष गर्दै भने, ‘मैले सुनिरहेको छु, एमाले र कांग्रेसले जित्ने भए चुनावै नगराउने, फलाना-फलानाले जित्ने भएमात्रै चुनाव गराउने अरे, लेखेरे राखे हुन्छ, ती फलाना-फलानाले २० वर्षसम्म पनि चुनाव जित्नेवाला छैनन्, बहुमत ल्याउनेवाला छैनन्, सामाजिक सञ्जालमा भोँ…पु.. (नरसिङ्गा) बजाउनु बेग्लै कुरा हो !’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले देश बनाउन हिँडेकाे मान्छेकाे कम्तिमा दिमाग ठिक भएकाे हुनुपर्ने पनि बताएका छन् ।

‘सरकारले चुनाव गराउने हो कि हेटौँडामा घर भत्काउने हो ? घर भत्काएको छ, डेमोक्रेसी भत्काएको छ, संविधान भत्काएको छ, सुकुम्बासी बस्ती भत्काएको छ, भत्काएर बन्छ देश ? देश बनाउन कम्तिमा दिमाग ठिक भएको मान्छे हुनुपर्छ, नशामा देश बन्दैन’, उनले आक्रोश पोखे  ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button