क्यासिनो उद्घाटन बहानामा काठमाडौँमा बलिउड चहलपहल, सन्जय दत्तले पुष्पकमल दाहालसँग गरे भेट

काठमाडौँ – दरबारमार्गस्थित होटल बाराहीमा सञ्चालन हुन लागेको ‘बादशाह क्यासिनो’को उद्घाटन कार्यक्रममा सहभागी हुन भारतीय चर्चित सिने अभिनेता सन्जय दत्त आज काठमाडौँ आइपुगेका छन्। काठमाडौँ आगमनसँगै दत्तले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

भेटघाटको औपचारिक विवरण सार्वजनिक नभए पनि स्रोतका अनुसार भेट शिष्टाचारपूर्ण रहेको बताइएको छ। बलिउडका प्रभावशाली अभिनेता र नेपाली राजनीतिक नेतृत्वबीचको यस भेटलाई लिएर काठमाडौँको राजनीतिक तथा मनोरञ्जन वृत्तमा चासो बढेको छ।

सन्जय दत्त बादशाह क्यासिनोको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। उद्घाटन समारोहपछि उनी भोलि भारतको नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको जनाइएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय स्तरमा चर्चित न्युड तथा मुख्यधारकी सिने अभिनेत्री सन्नी लिओन पनि सोही क्यासिनो उद्घाटनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन भोलि काठमाडौँ आउने तयारीमा रहेकी छन्। सन्नी लिओनको आगमनले क्यासिनो उद्घाटन कार्यक्रमलाई अझ चर्चित बनाउने अपेक्षा गरिएको छ।

दरबारमार्ग क्षेत्रमा सञ्चालनमा आउन लागेको बादशाह क्यासिनोले पर्यटन, मनोरञ्जन र लगानीको दृष्टिले चर्चा पाउँदै आएको छ। बलिउडका चर्चित अनुहारहरूको सहभागिताले काठमाडौँको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button