रसियन विदेशमन्त्री लाव्रोभद्वारा २०२५ का कूटनीतिक उपलब्धिहरू सार्वजनिक गर्ने समाचार सम्मेलन आयोजना

मस्को — रसियाली विदेशमन्त्री सेर्गेइ लाव्रोभले आगामी जनवरी २०, २०२६ मा विदेश मन्त्रालयको प्रेस सेन्टरमा २०२५ का कूटनीतिक उपलब्धिहरूको सारांश प्रस्तुत गर्ने समाचार सम्मेलन आयोजना गर्ने भएका छन्। सम्मेलन स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ।
यस कार्यक्रममा रसियाली तथा विदेशी सञ्चारकर्मीहरूलाई सहभागी हुन आमन्त्रित गरिएको छ। सहभागिताका लागि दर्ता जनवरी १५ सम्म दिउँसो १२ बजे सम्म खुला रहने व्यवस्था गरिएको छ।
समाचार सम्मेलनको प्रत्यक्ष प्रसारण रसिया विदेश मन्त्रालयको वेबसाइटको भिडियो सेक्सनमा हुने छ। कार्यक्रममा रूसी भाषासँगै अंग्रेजी, फ्रेञ्च र स्पेनी अनुवादको सुविधा समेत उपलब्ध हुनेछ। साथै, सम्मेलन मन्त्रालयका सामाजिक संजाल खाताबाट पनि प्रत्यक्ष हेर्न सकिनेछ।
यस सम्मेलनले रसियाको २०२५ को कूटनीतिक गतिविधिहरू र उपलब्धिहरूलाई सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायमा आफ्नो नीति र प्राथमिकताहरू स्पष्ट रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।





