भोलि मसाल जुलुस, पर्सि उपत्यका बन्द

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्दै विभिन्न छ कम्युनिष्ट पार्टीले आगामी पर्सि मंगलबार उपत्यका बन्दको घोषणा गरेका छन्।

सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, महिन्द्र मल्ल नेतृत्वको नेकपा (जनपक्ष), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र पूर्णबहादुर सिंह समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा उपत्यका बन्दको घोषणा गरेका हुन् ।

भोलि देशव्यापी रुपमा मसाल जुलुस निकाल्ने उनीहरूको तयारी छ ।  चुनाव बहिष्कारको अभियानलाई सशक्त बनाउन सिपी गजुरेलको नेतृत्वमा केन्द्रीय संयुक्त संघर्ष समिति समेत गठन गरिएको छ । जसमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तो, दिपक चलाउने, रुपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारीलगायत सदस्य छन् ।

फागुन २१ गते हुने चुनावले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष निकालेको समितिले माघ ५ गते देशभर विरोध प्रदर्शन गरेर दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button