ब्रदर्स फुटबल क्लबले खेलकुद र समाजसेवामा देखायो सक्रियता, बाबाकुट्टी मेलाको जिम्मेवारी पाउने दाबी

खजुरा, बाँके – खजुरा वडा नम्बर ४ ईन्द्रावती टोलमा आज ब्रदर्स फुटबल क्लब (ब्रदर्स एफसी) का अध्यक्ष, क्याप्टेन र अन्य पदाधिकारीहरूले आयोजना गरेको टाेल सरसफाइ कार्यक्रमका अवसरमा क्लबको खेलकुद तथा समाजसेवामा योगदानको चर्चा गरियो।

दिनप्रतिदिन फुटबल खेलमा उत्कृष्ट प्रगति गर्दै आएको ब्रदर्स एफसीले केवल खेलकुदमा मात्र सीमित नभई समाजसेवामा पनि योगदान पुर्‍याउँदै आएको छ। यसैक्रममा आज ईन्द्रावती टाेल सरसफाइ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ। यसअघि क्लबले खजुरा गाउँपालिकाका विभिन्न स्थानमा सडकबत्ती जडान गर्ने कामसमेत गरिसकेको छ।

क्लबका अध्यक्ष विवेक सागर पौडेल र क्याप्टेन भरत घर्ती मगरका अनुसार, “ब्रदर्स फुटबल क्लबले आगामी दिनहरूमा खेलकुदसँगै समाजसेवामा पनि अग्रसर रहिरहनेछ। हामी हाम्रो समुदायको विकासमा निरन्तर योगदान दिन प्रतिबद्ध छौँ,” उनीहरूले बताएका छन्। क्लबका गतिविधिहरूले स्थानिय समाजमा सकारात्मक प्रभाव पारिरहेको पनि उनीहरूले बताए।

यसैबीच, खजुरा गाउँपालिकाले विगत केही वर्षदेखि निरन्तर न्यूँ डाँफे स्पोर्ट्स क्लबलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको छ। तर यसपटक, स्थानीय बाबाकुट्टी मेलाको व्यवस्थापन जिम्मेवारी दिनका लागि ब्रदर्स फुटबल क्लबले निवेदन दिएको छ। क्लबका पदाधिकारीहरूले भने, “हाम्रो क्लबले विगतमा देखाएको सक्रियता, पारदर्शिता र समाजसेवामा योगदानको आधारमा यसपटक मेला व्यवस्थापनको जिम्मेवारी पाउन हकदार छौँ। एउटामात्र क्लबलाई निरन्तर सहयोग गर्दा सरकारको वितरण प्रणालीमा प्रश्न उठ्ने र अख्तियार दुरुपयोगको सम्भावना रहने भएकाले हामी सक्रिय रहेको ब्रदर्स एफसीलाई अवसर दिनु उपयुक्त छ।”

खजुरा गाउँपालिकाका स्थानीयहरू र खेलप्रेमीहरूले पनि क्लबको समाजसेवा र खेलकुद प्रवर्धनको कार्यलाई उच्च मूल्याङ्कन गरेका छन्। यस किसिमको पहलले मात्र होइन, स्थानीय समुदायसँग मिलेर काम गर्ने क्लबले खेलकुद र समाजसेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ भन्ने छाप पनि छोडेको छ।

ब्रदर्स एफसीको यो सक्रियता र जिम्मेवारीपूर्ण दृष्टिकोणले भविष्यमा थप खेलकुद कार्यक्रम र समाजसेवी गतिविधिहरूको लागि प्रेरणा बन्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button