‘भावी प्रधानमन्त्री’को यस्तो हुन्छ भाषा ?

काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका केही शब्द र भाषालाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र आलोचना शुरु भएको छ। सुरमा हो कि बेसुरमा थाहा छैन तर उनको नामबाट आएको अभिव्यक्तिमा उज्यालो नेपाल पार्टीतिरै फर्किएका कुलमान घिसिङप्रति आपत्तिजनक शब्द प्रयोग गरिएको छ ।

साहले तामाङ समुदायका घिसिङलाई जातीय पहिचानसँग जोडेर अपमानजनक शब्द प्रयोग गरेको प्रष्ट देखिन्छ । रास्वपा छाडेर उज्यालो नेपाल पार्टीमा फर्किएपछि साह उनीमाथि खनिएको भन्दै आलोचकहरूले यसलाई जातीय घृणा र विभेदलाई उक्साउने अभिव्यक्ति भनेका छन् । सामाजिक सञ्जालमा घिसिङलाई भोटे कुकुरको संज्ञा दिइएको छ । तामाङ समुदाय भोट वर्गमा पर्ने भएकाले भोटे भनिन्छ भने सो समुदायले पाल्ने कुकुरलाई भोटे कुकुर मानिन्छ ।

यदि कसैलाई ‘कामी’ भनेर होच्याइन्छ भने,सोही समुदायबाट प्रतिनिधित्व गर्ने ती नेतृलाई कुन रूपमा हेर्ने ? यसमा खगेन्द्र सुनुवारहरुको के छ ठहर ?

यसै सन्दर्भमा दलित समुदायसँग जोडिएको अर्को प्रसंग पनि उठाइएको छ । रास्वपाको समानुपातिक बन्द सूचीमा दलित महिलातर्फ पहिलो नम्बरमा रिमा विश्वकर्मा रहेकी छन् । आलोचकहरूको प्रश्न छ— यदि कसैलाई ‘कामी’ भनेर होच्याइन्छ भने,सोही समुदायबाट प्रतिनिधित्व गर्ने ती नेतृलाई कुन रूपमा हेर्ने ? यसमा खगेन्द्र सुनुवारहरुको के छ ठहर ? रिमा विश्वकर्मा पनि उज्यालो नेपाल पार्टीको सिफारिसमा बन्दसूचीमा परेकी हुन् । यद्यपि हाल उनेपा र रास्वपाबीच सम्बन्ध विच्छेद भइसकेको छ।

साहले ‘पद नपाएपछि मात्रै हंगामा गर्ने प्रवृत्ति’ लाई भुसको उदाहरण दिएका छन् । मानव अधिकारकर्मीहरू र राजनीतिक विश्लेषकहरूले जात,वर्ग, समुदाय र पेशाका आधारमा गरिने कुनै पनि प्रकारको होच्याइ संविधान र कानुनविपरीत हुने बताएका छन् । ‘भावी प्रधानमन्त्री’को दावीसहित अघि बढिरहेका नेताबाट यस्तो भाषा आउनु राजनीतिक नैतिकता र समावेशी लोकतन्त्रका लागि चिन्ताजनक भएको टिप्पणी गरिएको छ।

रास्वपाका केहीले बालेनको उक्त आइडी ‘फेक’ भएको दाबी गरेका छन् । तर, बालेन स्वयम्ले आफ्नो फोटो राखेर बनाइएको आइडीबारे केही बताएका छ्र्र्रैनन् । उनले उक्त स्टाटस नक्कली रहेको वा भ्रामक स्टाटस प्रचार गरिएको भन्नेबारे खण्डन गरेका छैनन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button