अमेरिकी विदेश मन्त्रालयद्वारा इरान छाड्न आफ्ना नागरिकलाई तत्काल आग्रह

वाशिङ्टन, माघ २९ — अमेरिकी विदेश मन्त्रालयले इरानमा बढ्दो अशान्तिको पृष्ठभूमिमा आफ्ना नागरिकलाई तत्काल इरान छाड्न आग्रह गरेको छ। सोमबार मन्त्रालयले यात्रा चेतावनी अद्यावधिक गर्दै इरानमा रहेका अमेरिकी नागरिकको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।
मध्यपूर्वी मुलुक इरानभर जारी अस्थिर अवस्थालाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले जोखिम अझै बढ्न सक्ने चेतावनी दिएको छ। अद्यावधिक सूचनामा इरानमा अमेरिकी नागरिकको सुरक्षाका लागि तत्काल देश छाड्नु नै सुरक्षित विकल्प भएको उल्लेख गरिएको छ।
यस सम्बन्धमा थप विवरण सार्वजनिक नगरिए पनि, क्षेत्रीय अस्थिरता र सुरक्षा चुनौतीलाई आधार मानेर यस्तो चेतावनी जारी गरिएको जनाइएको छ।





