नयाँ नेतृत्व चयनपछि मात्रै घर फर्किने गगनकाे उद्घाेष

नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेता द्वय गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । जारी बन्दसत्रको हलमा महाधिवेशन प्रतिनिधिहरुले ताली बजाएर दुई प्रतिवेदन पारित गरेका हुन् ।

नेता थापाले भोलि बिहान समयमै मतदानमा सहभागी हुन प्रतिनिधिहरुलाई आग्रह समेत गरे । ‘अहिले हल्ला फैलाइएको छ कि गगन र विश्वप्रकाशले टिकटको लागि भागवण्डा खोज्न विशेष महाधिवेशन गरेको हुन्’, उनले भने, ‘यो गलत हो, यहाँ हजारौँ प्रतिनिधि आउनुभएको छ, अब यो हलले नै नयाँ नेतृत्व चयन गर्छ र त्यसपछि मात्र हामी घर फर्किन्छौँ ।’

नेता थापाले जोखिम मोलेर साथ दिएकोमा शर्मालाई धन्यवाद समेत दिए । ‘मैले विश्वप्रकाश दाइको भाषण सुनेरै बोल्न सिकेको हुँ, आज उहाँलाई कुनै स्वार्थ छैन, कुनै पद चाहिएको छैन, वश्, सुध्रिएको कांग्रेस चाहिएको छ, जुन हामी सबैको चाहना हो’, उनले थपे ।

विशेष महाधिवेशनको अपनत्व लिएर निर्वाचन प्रक्रियामा सहभागी हुन पनि थापाले संस्थापन पक्षका नेताहरुलाई आग्रह गरेका छन् । उनले अघि भने, ‘निर्वाचन प्रक्रिया अघि बढिसकेको छ, यो कुनै पनि हालतमा रोकिदैन, हामीलाई सभापति पनि चाहिएको छैन, कसलाई नेतृत्व गर्नुपर्ने हो आउनुस्, प्रतिस्पर्धा गर्न तयार हुनुस् ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button