देशद्रोहको आरोपमा पूर्व राष्ट्रपति योन सुक-योललाई मृत्युदण्ड माग

सोल । दक्षिण कोरियाको विशेष अभियोजनदलले पूर्व राष्ट्रपति योन सुक-योललाई देशद्रोह (insurrection) को आरोपमा मंगलबार मृत्युदण्डको माग गरेको छ।

विभिन्न स्थानीय मिडियाको अनुसार, स्वतन्त्र विशेष अभियोजक चो युन-सुकको टोलीले युद्ध वा त्यस्तै राष्ट्रिय आपतकालीन अवस्था नभएतापनि असंवैधानिक र गैरकानूनी आपतकालीन सैनिक शासन (emergency martial law) लागू गरेर देशद्रोहको षड्यन्त्र रचेको आरोपमा योनको लागि मृत्युदण्ड सिफारिस गरेको हो।

सोल केन्द्रिय जिल्ला अदालतले यो मुद्दाको फैसला फेब्रुअरीमा सुनाउने अनुमान गरिएको छ। गत महिनामै अदालतले योनलगायत आठ जना आरोपीको तीनवटा मुद्दा मिलाएको थियो। योनमाथि देशद्रोहको षड्यन्त्रको नेतृत्व गरेको आरोप छ भने अन्य सात जना वरिष्ठ सैनिक र प्रहरी अधिकारीहरूमाथि देशद्रोहमा महत्वपूर्ण भूमिका खेलेको आरोप छ।

विशेष अभियोजन टोलीले पूर्व रक्षामन्त्री किम योङ-ह्योनको लागि आजीवन कारावास माग गरेको छ। टोलीले दावी गरेको छ कि योनसँगै सेना सँगालेर देशद्रोहको योजना बनाउने र नेतृत्व गर्ने मुख्य स्याडो किम थिए र उनको जिम्मेवारी असाध्यै ठूलो भएकोले कडा सजाय आवश्यक छ।

योनले २०२४ डिसेम्बर ३ को राति आपतकालीन सैनिक शासन लागू गरेका थिए, तर केही घण्टापछि नै राष्ट्रिय सभाले यसलाई रद्द गरिदिएको थियो। संवैधानिक अदालतले गत वर्ष अप्रिलमा योनलाई पदच्युत गर्ने प्रस्तावलाई स्वीकृति दिंदै उनलाई आधिकारिक रूपमा पदबाट हटाएको थियो।

पदच्युत गरिएका योनलाई गत वर्ष जनवरीमा देशद्रोहको सन्देहमा नजरबन्द गरिएको थियो र अभियोग लगाइएको थियो। उनी गिरफ्तार भएर अभियुक्त बनेका पहिलो कार्यरत राष्ट्रपति हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button