अमेरिकी सैन्य धम्की ‘पूर्णरूपमा अस्वीकार्य’ : रूसी विदेश मन्त्रालय

मस्को। अमेरिकाले इरान विरुद्ध सैन्य हमला गर्ने धम्की दिनु ‘पूर्णरूपमा अस्वीकार्य’ हो भनी रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले मंगलबार भनेकी छन्।
एक प्रेस ब्रीफिङमा बोल्दै जखारोवाले रूसले इरानको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य हस्तक्षेपको कडा निन्दा गरेको बताइन्।
उनले भनिन्, “इरानले धेरै वर्षदेखि अवैध पश्चिमी प्रतिबन्ध बेहोरेको छ, जसले देशको विकासमा बाधा पु¥याएको छ र सामान्य इरानी नागरिकहरूलाई प्रभावित गर्ने आर्थिक र सामाजिक समस्या उत्पन्न गरेको छ।”
जखारोवाले भनिन शत्रुतापूर्ण बाह्य शक्तिहरूले इरानमा बढ्दो घरेलु सामाजिक तनावलाई देशलाई अस्थिर र विखण्डन गर्ने प्रयासमा लागेका छन्।
प्रवक्ताका अनुसार, ‘रङ्गीन क्रान्ति’ (color revolution) का विधिहरू प्रयोग गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक अशान्ति, उपद्रव र कानून प्रवर्तन अधिकारी तथा नागरिकहरूको हत्यामा परिणत गर्ने प्रयास भइरहेको छ।
जखारोवाले भनिन्, “व्यापारिक ट्यारिफ बढाएर इरानका विदेशी भागीदारहरूलाई ब्ल्याकमेल गर्ने धृष्ट प्रयासलाई पनि रूसले दृढतापूर्वक अस्वीकार गर्दछ।”





