अमेरिकाको WHO बाट निस्कासनले विश्वलाई असुरक्षित बनाउने : महानिर्देशक टेड्रोस

जेनेभा । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन (WHO) बाट जनवरीमा औपचारिक रूपमा निस्कन लाग्दा संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले मंगलबार यो कदमले देश र विश्व दुवैलाई “असुरक्षित” बनाउने चेतावनी दिएका छन्।
गत वर्ष जनवरी २० मा वाइट हाउसमा फर्केको पहिलो दिन अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले WHO बाट देश निकाल्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। संयुक्त राष्ट्रलाई दुई दिनपछि यसको औपचारिक सूचना दिइएको थियो।
संगठनको घोषणापत्रअनुसार, सूचना दिएको एक वर्षपछि निस्कासन कार्यान्वयन हुन्छ।
“यो वास्तवमै उचित निर्णय होइन,” टेड्रोसले अमेरिकाले यो निर्णय पुनर्विचार गरी WHO मा फेरि सामेल हुने आशा व्यक्त गरे।
उनले थपेकि WHO ले गरेको धेरै काम अमेरिकाको लागि लाभदायक छ, र “त्यसैले मैले भनेको हुँ कि WHO संगै काम नगरेर अमेरिका सुरक्षित हुन सक्दैन।”
WHO प्रमुखले यो पनि बताए कि संगठनले बजेट समायोजन र संरचनात्मक सुधार मार्फत आफ्नो कोष व्यवस्थापनका समस्याहरू क्रमशः समाधान गर्दैछ।





