नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न, गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन

काठमाडौं — नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै औपचारिक रूपमा नयाँ नेतृत्वको घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले बहुमतका आधारमा नेतृत्व चयन गरे पनि प्रक्रिया सर्वसम्मत रूपमा टुंगिएको जनाइएको छ।

महाधिवेशनबाट पार्टी सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उपसभापतिद्वयका रूपमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।

सहमहामन्त्री पदतर्फ समावेशितालाई आधार मानेर विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा र मधेशीतर्फ मुक्ताकुमारी यादव चयन भएका छन्।

त्यसैगरी मुस्लिम समुदायबाट फरमुल्लाह मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन्।

विशेष महाधिवेशनले पार्टीको नेतृत्व संरचनालाई नयाँ स्वरूप दिँदै आगामी राजनीतिक यात्राका लागि स्पष्ट दिशानिर्देश तय गरेको नेताहरूले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button