थाइल्याण्डको रेल दुर्घटनाप्रति रुसी राष्ट्रपति पुटिनद्वारा समवेदना व्यक्त

काठमाडौं — थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा भएको दुःखद रेल दुर्घटनाप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो दुःख व्यक्त गर्दै थाइल्याण्डका राजा महा वजिरालोंगकोर्न फ्रा वजिराक्लाओचाओयुहुआलाई समवेदना सन्देश पठाएका छन्।

राष्ट्रपति पुटिनले जारी गरेको सन्देशमा उक्त दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति आफू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

सन्देशमा राष्ट्रपति पुटिनले पीडित परिवारहरूप्रति रुसी जनताको ऐक्यबद्धता र समर्थन रहेको कुरा पनि स्पष्ट पारेका छन्। उक्त घटनाले थाइल्याण्डलाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई नै स्तब्ध बनाएको उनको सन्देशको भावार्थ छ।

नाखोन राचासिमा प्रान्तमा भएको उक्त रेल दुर्घटनामा कैयौँ यात्रु प्रभावित भएका छन् भने घटनापछि उद्धार र उपचारका कार्य तीव्र पारिएको थाइ अधिकारीहरूले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button