११औँ राष्ट्रिय योग दिवस भव्यतासाथ सम्पन्न

बाँके — श्रद्धेय योग गुरु आयुर्वेदाचार्य गिरीराज ज्युको प्रत्यक्ष उपस्थितिमा आज ११औँ राष्ट्रिय योग दिवस २३औँ योग केन्द्र अर्थात जानकी योग केन्द्र र १४औँ योग केन्द्रको संयुक्त आयोजनामा भव्य समारोह सम्पन्न भएको छ। समारोहमा गुरुज्यूका आशीर्वचन र शुभकामनासहित योग अभ्यासको महत्व र स्वास्थ्य लाभबारे चर्चा गरिएको थियो।
समारोहको सभापतित्व १४औँ योग केन्द्रका प्रमुख संयोजक पुष्पा खनालले गर्नु भएको थियो। प्रमुख अतिथि योग समिति नेपालका सल्लाहकार तथा वरिष्ठ योग प्रशिक्षक जगदीश चन्द्र तिमिल्सिनाले मन्तव्य राख्नुभयो भने विशिष्ट अतिथि योग समिति नेपालका कार्यसमिति सदस्य मेघराज बरालले आफ्ना विचार व्यक्त गर्नुभयो। कार्यक्रमको उद्घोषण घनश्याम शर्माले गर्नु भएको थियो भने स्वागत मन्तव्य जानकी योग केन्द्रका संयोजक रामचन्द्र तिवारीले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र सभापतिले दैनिक योग अभ्यासका स्वास्थ्य लाभ र राष्ट्रिय योग दिवसको महत्वबारे आफ्ना अनुभव र मन्तव्य व्यक्त गर्नुभयो। साथै ज्येष्ठ नागरिक एवं योग समिति नेपालको आजीवन सदस्य अमर थापा, १४औँ केन्द्रका सल्लाहकार डाक्टर पुष्पप्रसाद श्रेष्ठलगायत दुवै केन्द्रका योगीहरूको बाक्लो उपस्थितिमा योग प्रशिक्षक प्रेमलता श्रेष्ठले कविता वाचन गर्नुभयो।
कार्यक्रममा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरियो। सभापति पुष्पा खनालद्वारा समारोहको समापन गरी सहभागी सबैमा धन्यवाद व्यक्त गरियो।
समारोहले राष्ट्रिय स्तरमा योगको महत्वलाई उजागर गर्दै स्थानीय समुदायमा स्वास्थ्य, मानसिक अनुशासन र योग अभ्यासको प्रचार–प्रसार गर्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको छ।





