गाजामा शान्ति बोर्ड गठन: ट्रम्पले आफैं गर्ने अध्यक्षता
युद्धग्रस्त गाजा पट्टिको दोस्रो चरण शान्ति प्रक्रियाको घोषणा, अस्त्रविहीनिकरण, प्रविधिप्रधान शासन र पुनर्निर्माणमा केन्द्रित

वाशिङ्टन — गाजा क्षेत्रका लागि ‘बोर्ड अफ पिस’ गठन भएको र चाँडै नै यसका सदस्यहरूको नाम घोषणा गरिने अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले बिहीबार जनाए। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा ट्रम्पले लेखे, “गाजा शान्ति बोर्ड गठन गर्न पाउँदा मलाई ठूलो गर्व छ। यो अद्भुत र सर्वाधिक प्रतिष्ठित बोर्ड हो।”
उनको यो घोषणा गाजा शान्ति सम्झौताको दोस्रो चरण सुरु भएको घोषणा गर्दै ट्रम्पका विशेष दूत स्टिभ विटकफले गरेको बिहानको घोषणापछि आएको हो। दोस्रो चरण युद्धबाट ध्वस्त गजा पट्टिको अस्त्रविहीनिकरण, प्रविधि-केन्द्रित शासन र पुनर्निर्माणमा केन्द्रित रहने बताइएको छ।
शान्ति सम्झौताको प्रारुप अनुसार यस ‘शान्ति बोर्ड’को अध्यक्षता ट्रम्पले आफैं गर्नेछन्।





