चुनाव सार्नेबारे ओली-प्रचण्डवीच फोन सँवाद

नेपाली काङ्ग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग गगन थापातिर खुलेपछि विकसित परिस्थितिवीच नेकपा एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहालवीच सल्लाह शुरु भएको छ ।

हिजो राती नै केपी ओलीले चितवनमा रहनुभएका प्रचण्डलाई फोन गरी अहिलेकै अवस्थामा चुनाव हुन गाह्रो पर्ने भएकोले नयाँ तिथि तोक्ने वातावरण बनाउन मिलिजुली प्रस्ताव राख्ने प्रस्ताव राख्नुभएको एमाले श्रोतले बतायो ।

काङ्ग्रेसको बिबादले भोलिदेखि  अदालतमा प्रवेश पाउने,चिसो मौसमका कारण २२ वटा हिमाली जिल्लामा फागुन २१ गते चुनाव हुन मुश्किल पर्ने,निर्वाचन आयोगको सिफारिस र सल्लाहमा सरकारले चुनावको मिति तोक्नुपर्नेमा भदौ २७ गते रास्ट्रपतिले क्याबिनेट नै नबन्दै ठाडै सुशीला कार्कीको सल्लाहबमोजिम हतार हतार गरेको घोषणालाई कसैले कानुनी  चुनौती दिएको अवस्थामा त्यसलाई पनि अदालतले नोटिसमा लिन पर्ने अवस्था छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button