केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको दृढ निर्णय, सर्वसम्मत बैठकले उम्मेदवार सूची टुङ्ग्यायाे

काठमाडौं / नेकपा एमालेको हिजो बसेको महत्वपूर्ण सचिवालय बैठकले भावी सरकारको नेतृत्व अध्यक्ष केपी शर्मा ओली गर्ने ऐतिहासिक निर्णय गरेको छ। पार्टीले संसदमा पूर्ण बहुमत कायम राखेकाले यसलाई सुदृढ बनाउन एकताबद्ध रूपमा अघि बढ्ने मनसाय पनि यसै बैठकले व्यक्त गरेको छ।

हिजो बसेकाे बैठकले सातै प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको सूचीलाई पनि अन्तिम रूप दिएको छ। सार्वजनिक गरिएको प्रदेश अनुसार प्रतिनिधि सूची यस्तो छः

सुदूरपश्चिम प्रदेश
कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी लगायत ५ जना उम्मेदवार छन् भने कञ्चनपुरबाट कमला बोहरा, बचनबहादुर सिंह र दीपक भट्ट छन्। अन्य जिल्लाबाट झपटबहादुर बोहरा (अछाम), लालबहादुर थापा (बाजुरा), दीपक धामी (डोटी), चक्र स्नेही (डडेल्धुरा) लगायतको नाम सुनिश्चित गरिएको छ।

कर्णाली प्रदेश
सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा, सुर्खेतबाट धुर्व शाही र कुलमणि देवकोटा, जुम्लाबाट शान्तिलाल महत र शान्तिबहादुर महत समेतका प्रतिनिधिहरू चयन भएका छन्।

लुम्बिनी प्रदेश
नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव, रुपन्देहीबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईसहित धेरै क्षेत्रमा अध्यक्षले नै टुङ्गाउने व्यवस्था राखिएको छ। दाङ, बाँके, बर्दिया लगायत जिल्लाबाट पनि उम्मेदवार सूची सार्वजनिक गरिएको छ।

गण्डकी प्रदेश
गोरखाबाट आर.सी. लामिछाने र मिलन गुरुङ, तनहुँबाट भगवती न्यौपाने र केदार सिग्देल, कास्कीबाट बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी चयन भएका छन्।

बागमती प्रदेश
धादिङबाट भूमी त्रिपाठी र धनबहादुर घले, नुवाकोटबाट बद्री मैनाली र केशव पाण्डे, चितवनबाट कृष्णराज पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया र काठमाडौंबाट १० सिटमा मोहन रेग्मी, मणिराम फुयाल लगायतको नाम सार्वजनिक गरिएको छ।

मधेश प्रदेश
सप्तरीबाट सुमन प्याकुरेल, ताराकान्त चौधरी, बालकृष्ण चौधरी, धनुषाबाट रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, रौतहटबाट अजय गुप्ता, शैलेन्द्र साह लगायतको नाम सुनिश्चित गरिएको छ।

कोशी प्रदेश
झापाबाट रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र स्वयं अध्यक्ष केपी ओली उम्मेदवार बनाइएका छन् भने मोरङबाट घनश्याम खतिवडा, दिलीप बगेडिया, दिलीप राई लगायतको सूची तयार गरिएको छ।

यो निर्णय एमालेको आन्तरिक एकताको सशक्त प्रतीक हो। पार्टीले आगामी निर्वाचनमा ओलीको नेतृत्वमा एकजुट भई लड्ने र देशलाई स्थिरतातर्फ लैजाने संकल्प दोहोर्याएको छ। अध्यक्ष ओलीको नेतृत्वलाई केन्द्रमा राखेर पार्टीको मोर्चा सुदृढ बनाउने यस निर्णयले आगामी राजनीतिक गठबन्धन र सरकार निर्माणको भूमिका पनि तयार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button