काठमाण्डौसङ्ग बालेनले दुइटै नाता टुटाए

काठमाडौं महानगरका मेयर बालेन साहले आज राजीनामा दिएपछि महानगरपालिकामा हर्ष बढाइँ शुरु भएको छ । आइतबार मध्य दिनसम्म बालेनको राजीनामा नआएपछि कर्मचारीहरुमा अन्यौल छाएको थियो । यद्यपी दिउँसो अवैतनिक सल्लाहकार सुदिप ढकालले बालेनको राजीनामा लिएर गएपछि परिस्थिति फेरिएको हो ।

बालेन साह घण्टीघर पुगेर रविद्वारा स्ट्याण्डबाइ राखिएका वकिलहरुसङ्ग कानूनी सल्लाह लिएपछि मात्र दिउँसो ढकालले उपप्रमुखलाई भेटी राजीनामा पत्र बुझाएका थिए । ३ बजेतिर राजीनामापत्र बुझाएसँगै उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई दर्ता गर्न तोक लगाएको पत्र उपमेयरको सचिवालयमार्फत विभिन्न सञ्चार माध्यममा पुगेको थियो ।

महानगरमा पाँच बर्षका लागि जनताले अनुमोदन गरेर पठाएका बालेन साह  साढे ३ बर्षमै मेयरबाट हटेको र सँसदमा पनि राजधानीबाट नअटेको अवस्थामा उनलाई कसले,कुन स्वार्थले किन झापा पुर्यायो भन्ने भेद खुल्न बाँकी नै छ । 

कतै बालेनले राजीनामा नदिने पो हुन् कि भन्ने आशंका पैदा भइरहेका बेला राजीनामा पत्र सञ्चार माध्यममा छरपस्ट भएपछि महानगरमा पाँच बर्षका लागि जनताले अनुमोदन गरेर पठाएका बालेन साह औपचारिक रुपमै  बाहिरिएका छन्  । मेयरबाट हटेको र सँसदमा पनि राजधानीबाट नअटेको अवस्थामा बालेनलाई कसले,कुन स्वार्थले किन पुर्यायो भन्ने भेद खुल्न बाँकी नै छ ।

सुनिता डंगोलले राजीनामापत्र बुझेको करीव १ घण्टामै आकस्मिक कार्यपालिका बैठक डाकेपछि नगरकार्यपालिकाका सदस्यहरु हस्याँग फस्याँग गर्दै पुगेका थिए । १ मीनेटमै बैठक सकेर उनले आफू कार्यवाहक भएकोमा फूलमाला र खादा लगाएकी छन्  ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button