जनकपुर ‘हनिमुन डेस्टिनेसन’ : बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले मधेशलाई वैवाहिक हबको रुपमा विकास गर्ने बताएका छन् । उनले जनकपुरमा आयोजित चुनावी सभामा बाेल्दै राम र सीताको वैवाहिक भूमिलाई विदेशीहरुको लागि ‘हनिमुन डेस्टिनेशन’को रुपमा स्थापित गर्ने बताएका हुन् ।

‘जनकपुर त्यही पवित्र भूमि हो, जहाँ राम र सीताको विहे भएको थियो, तर अहिले हामी नेपाली बिहे गर्न तथा हनिमुन मनाउन जयपुर र बाली जान्छौँ’, उनले मैथली भाषामै भने, ‘यो अवस्था किन र कसरी आयो ? यसलाई रोक्नको लागि म यहाँ आएको हुँ ।’

काठमाडौँको सुगमतालाई सातै प्रदेशसम्म पुर्याउन आगामी निर्वाचनमा युवा शक्तिलाई मतदान गर्न बालेनको आग्रह छ । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा गरेका विभिन्न कामको फेहरिस्त सुनाउँदै उनले अघि थपे, ‘कुनै विभेदबिना शिक्षा, स्वास्थ्य, रोजगारीमा सबै जनताको समान पहुँच पुग्नु समाजवाद हो, त्यसकै लागि हामी तपाईको साथ खोज्न आएका हौँ ।’

आफू प्रधानमन्त्री भएमा मधेशको संस्कृतिलाई संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने बालेनको आश्वासन छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button