नेपालमा रुसी पर्यटकको नयाँ कीर्तिमान, १५ हजार नाघे

काठमाडौं । सन २०२५ मा नेपाल भ्रमण गर्ने रुसी पर्यटकको संख्या ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष १५ हजारभन्दा बढी रुसी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्ष २०२४ को तुलनामा करिब १० प्रतिशतले बढी हो। कोभिडपूर्व सन २०१९ सँग तुलना गर्दा यो वृद्धि झण्डै ५७ प्रतिशत पुगेको छ।

यो उल्लेखनीय उपलब्धिलाई नेपाल–रुस पर्यटन सहकार्यको सकारात्मक परिणामका रूपमा हेरिएको छ। पछिल्लो एक वर्षमा नेपाल पर्यटन बोर्डका अधिकारीहरूले रुसमा आयोजित विभिन्न पर्यटन सम्बन्धी प्रदर्शनी, मेला र प्रवर्द्धनात्मक कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। यससँगै सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रको संयुक्त प्रयासले नेपाललाई रुसी पर्यटकका लागि अझ आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

नेपालमा साहसिक पर्यटन, हिमाल आरोहण, धार्मिक सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यप्रति रुसी पर्यटकको आकर्षण बढ्दै गएको देखिन्छ। पर्यटक आगमनमा आएको यो वृद्धिले पर्यटन उद्योग मात्र होइन, स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

दुवै देशका जनताबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सांस्कृतिक निकटताको प्रतिबिम्बका रूपमा यो उपलब्धिलाई लिइएको छ। नेपाल र रुसबीचको जनस्तरीय सम्बन्ध अझ प्रगाढ बन्दै गएको संकेतका रूपमा यो तथ्यलाई महत्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button