आडामुसमा दुई यात्री ट्रेन दुर्घटनामा परेकोमा मस्कोले गर्याे शोक व्यक्त

मस्को, २० जनवरी । स्पेनको आडामुस सहरमा जनवरी १८ मा घटेको उच्चगति यात्री ट्रेन दुर्घटनामा परी घाइते र मृत्यु बरण गर्नुपरेका सबै प्रति रुसले गहिरो शोक र सहानुभूति व्यक्त गरेको छ।

रुसी विदेश मन्त्रालयले स्पेनी जनता र पीडित परिवारहरुप्रति समवेदना पठाएको छ। घटनामा मारिएकाहरुका परिवारजनप्रति रुसले आफ्नो एकात्मकता र सान्त्वना जनाएको छ भने घाइतेहरु चाँडो निको हुन् भन्ने कामना समेत गरेको छ।

गत बुधबार दुईवटा उच्चगति यात्री ट्रेन आडामुस स्टेसन नजिकै ठोक्किने घटना घटेपछि स्थानीय प्रहरी र बचाव दलले रेस्क्यू अभियान चलाएका थिए। घटनाको सही कारण तथा पीडितको सङ्ख्या अहिलेसमथ पत्ता लागेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button