चीनको युन्नानमा भूकम्प, ८६ जनालाई अस्थायी शिविरमा सारियो

बेइजिङ, जनवरी २० । चीनको दक्षिण-पश्चिम युन्नान प्रान्तको कियाओजिया काउन्टीमा सोमबार साँझ ५.१ म्याग्निच्युडको भूकम्पले हल्लाएको छ। घटनामा कुनै ज्यान वा ठूलो क्षति नभएतापनि स्थानीय प्रशासनले दर्जनौंलाई सुरक्षित स्थानमा सारेको छ।

स्थानीय समय अनुसार साँझ ७:३२ बजे १० किलोमिटर गहिराइमा आएको यस भूकम्पले क्षेत्रलाई हल्लाएको हो। काउन्टी उपप्रमुख काओ शान्याउले बताए अनुसार मङ्गलवार राति २ बजेसम्म ३१ घरधुरीका ८६ जना निवासीलाई अस्थायी शिविरमा सारिएको छ।

भूकम्प लगत्तै प्रशासनले आपतकालीन प्रतिक्रिया सक्रिय गरेर बचाउ दल र स्थानीय अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पठाएको छ। यस अन्तर्गत १९२ गाउँ र समुदायमा निरीक्षण कार्य सुरु गरिएको छ। उनको भनाइमा बिजुली आपूर्ति, दूरसञ्चार, जलाशय र पानी सेवाहरू सामान्य रूपमा संचालनमा रहेको छ।

चीन भूकम्प प्रशासनले युन्नानको भूकम्पको लागि तेस्रो तह (लेवल-३) को आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ र स्थानीय राहत कार्यमा सहयोग गर्न कार्यदलहरू घटनास्थल पठाएको छ। चीनमा चार तहको आपतकालीन प्रतिक्रिया प्रणाली लागू छ जसमा पहिलो तह सबैभन्दा गम्भीर प्रतिक्रिया हो। क्षति आकलन कार्य जारी रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button