भूकम्पग्रस्त तिङ्ग्री जिल्लामा एक वर्षमै पुनर्निर्माणको चमत्कार

ल्हासा, जनवरी २० । गत वर्ष आजैको दिन सिचाङ (तिब्बत) को शिगात्से शहरको तिङ्ग्री जिल्लामा आएको विनाशकारी भूकम्प एक वर्ष पूरा भएको छ। केन्द्र, प्रदेश र दाजुभाइ प्रान्तको संयुक्त प्रयासले उच्च गुणस्तरमा पुनर्निर्माण गर्दै २२ हजार नयाँ घर निर्माण र १० हजार ५०० घर मर्मत गरेर एक आश्चर्यजनक उपलब्धि हासिल गरेको छ।
२०२५ जनवरी ७ गते बिहान ९ बजेर ५ मिनेटमा तिङ्ग्री जिल्लामा ६.८ म्याग्निच्युटको भूकम्पले ७ जिल्ला प्रभावित बनाएको थियो। यस भूकम्पमा १२६ जनाको मृत्यु भएको थियो भने धेरै निवास ध्वस्त भएका थिए। तिङ्ग्री जिल्लाका छाङसो, छोको र छ्युलो बस्तिको क्षति विशेष गरी गम्भीर थियो जहाँ ९० प्रतिशत भन्दा बढी घर ध्वस्त भएका थिए।
भूकम्पपछि तत्काल केन्द्र सरकार र सिचाङ स्वायत्त प्रदेशले पुनर्निर्माण नेतृत्व समूह गठन गरेर कार्य सुरु गरेका थिए। चीन विपद न्यूनीकरण केन्द्रको मूल्यांकन अनुसार भूकम्पबाट ८ अर्ब ९४ करोड ५० लाख युआनको प्रत्यक्ष क्षति भएको थियो। पुनर्निर्माण अन्तर्गत ४७ बस्ति र ४८६ गाउँ समावेश थिए जहाँ सबै नयाँ घर भूकम्प प्रतिरोधी ८ डिग्री मापदण्ड अनुसार बनाइए। २०२५ अक्टोबर अन्त्यसम्मै सबै प्रभावित परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ।
समुद्र सतहभन्दा ४३०० देखि ५३०० मिटर सम्म उचाई, अक्सिजनको कमी, निर्माण सामग्रीको अभाव र कमजोर निर्माण क्षमताजस्ता चुनौतीविच पनि “त्यो वर्ष प्रकोप, त्यही वर्ष बसोबास” को लक्ष्य प्राप्त गरिएको छ। हाल तिङ्ग्री क्षेत्रमा सबै आधारभूत संरचना पुनःसञ्चालनमा आएका छन् भने शिक्षा, स्वास्थ्य जस्ता सार्वजनिक सेवाहरू पनि सुचारु रूपमा संचालित छन्।
नयाँ वर्षको थालनीसँगै तिङ्ग्रीका बासिन्दाका नयाँ इच्छा, बालबालिकाको जाडो बिदाको जीवन र तिब्बती पात्रोअनुसार शिगात्से कृषि नयाँ वर्षको तयारी जस्ता विषयहरूमा आगामी दिनमा विस्तृत जानकारी दिइनेछ।






