राप्रपाको बाँकेमा युवा पुस्ता अग्रसर

बाँके / नेपाली राजनीतिमा स्थापित नेताहरूले आफ्नो उत्तराधिकारी तयार गर्नु र नयाँ जाँगरिलो पुस्ता निर्माण गर्नु पनि महत्त्वपूर्ण भूमिका हो। यस्तो सभ्य राजनीतिको मिसाल राप्रपाका वरिष्ठ नेताहरूले बाँके जिल्लामा प्रस्तुत गरेका छन्।
कुनै तिक्तता वा वैमनस्य बिना नै पूर्ववर्ती नेताहरूले आफ्नो राजनीतिक क्षेत्रमा नयाँ र सक्षम युवाहरूको लागि ठाउँ खाली गरिदिनु साँच्चै ‘उच्च राजनीतिक संस्कृति’ को ज्वलन्त उदाहरण हो।
नेपालको एकमात्र राष्ट्रवादी, राजसंस्थावादी र सनातनवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी राजनीतिबाट बाँके जिल्लाका फतेहसिंह थारु, प्रेमबहादुर भण्डारी र डा. धवलशमशेर राणा ओझेल परेपछि उनीहरूको राजनीतिक रिक्तता पूरा गर्न नयाँ पुस्ता मोर्चामा आएको छ।
यी हुन् राप्रपाको नयाँ पुस्ताबाट बाँकेका तीनै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रने तीन जना युवा प्रत्याशी: दाहिनेतर्फबाट देब्रेतर्फ क्रमशः श्री तारकसिंह थारु (क्षेत्र नं. ३), श्री ऋषिराज देवकोटा (क्षेत्र नं. २) र श्री प्रदीपबहादुर शाह (क्षेत्र नं. १)। उनीहरूको मुखारबिन्दुमा दलको विचारधारा र जिल्लाका जनताको आकांक्षालाई अभिव्यक्त गर्ने जिम्मेवारी छ।





