चीनको चाडपर्व यात्रामा हवाई यात्रु ९५ करोड पुग्ने अनुमान

बेइजिङ, जनवरी २० । चीनको नागरिक उड्डयन प्राधिकरणले आगामी वसन्तोत्सव (स्प्रिङ्ग फेस्टिभल) यात्रा सिजनमा ९५ करोड भन्दा बढी यात्रु यातायात सेवा प्रबन्ध गर्ने अनुमान गरेको छ।

४० दिने यात्रा मौसम फेब्रुअरी २ देखि मार्च १३ सम्म रहनेछ। नागरिक उड्डयन प्राधिकरण (सिएएएसी) को यातायात विभागका उपनिर्देशक वाङ वेइजुनले सोमबार पत्रकार सम्मेलनमा यो घोषणा गर्दै दैनिक औसत २३ लाख ८० हजार यात्रु यात्रा गर्ने अनुमान रहेको बताए।

उनको भनाइमा, यस अवधिमा दैनिक औसत १९ हजार ४ सय उडानहरू सेवा सञ्चालन गरिनेछ जुन गत वर्षभन्दा ५ प्रतिशतले बढी हो। हवाई यातायात र पर्यटनको एकीकृत विकास, लामो विदाको अवधि र सीमापार यात्रा सजिलो भएकोले हवाई यात्रामा यो वृद्धि भएको बताइएको छ।

लोकप्रिय उडान मार्गहरूमा उत्तरी ‘बरफ र हिउँ’ पर्यटन गन्तव्य, न्यानो दक्षिणी पर्यटन स्थल र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटनका लागि रूटहरू समावेश छन्।

वाङले बढ्दो मागलाई पूरा गर्न नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थापन, उडान क्षमता र सेवा सहयोगमा लक्षित उपायहरू ब्यवहारमा ल्याउने बताए। नागरिक उड्डयन प्रणालीले यस अवधिमा यात्रुहरूको सुरक्षित, सुविधाजनक र आरामदायी यात्रा सुनिश्चित गर्न र हवाई मालसामान च्यानलहरू सहज र दक्ष बनाइराख्न पूर्ण प्रयास गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button