चीनको सर्वोच्च जन अभियोजन कार्यालयले गम्भीर आर्थिक अपराध विरुद्ध कारबाही कडा गर्ने निर्देशन दिएको छ

बेइजिङ, जनवरी २० । देशभरिका अभियोजन निकायहरूलाई गम्भीर आर्थिक अपराध विरुद्ध कडा रुख अपनाउन चीनको सर्वोच्च जन अभियोजन कार्यालय (एसपीपी) ले निर्देशन दिएको छ। यसबाट कानूनी व्यवसायिक वातावरण निर्माणमा योगदान गर्ने लक्ष्य राखिएको छ।
सोमबार भएको राष्ट्रिय मुख्य अभियोजक सम्मेलनमा एसपीपीले चीनको सामरिक हितको रक्षाको लागि रणनीतिक खनिज पदार्थहरूको विदेश ट्राञ्जिट अपराधमा कडा कारबाही गर्नुपर्ने जोड दिएको हो।
एसपीपीले वित्तीय क्षेत्रमा गैरकानुनी मध्यस्थ गतिविधिहरू समाधान गर्न राष्ट्रिय वित्तीय नियामक प्रशासन र अन्य निकायहरूसँग समन्वय गर्नुपर्ने, साथै गैरकानुनी कोष सङ्कलन र वित्तीय कपट जस्ता अपराधहरूमा कडा सजाय दिएर वित्तीय प्रणालीको सुदृढ सञ्चालन र जनताको सम्पत्ति सुरक्षा सुनिश्चित गर्नुपर्ने महत्त्व प्रतिपादन गरेको छ।
एसपीपीले मुद्रा शुद्धीकरण (मनी लन्ड्रिंग) विरुद्ध लडाई प्रबल बनाउन थप प्रयास अपेक्षा गर्दै भूमिगत बैंक वा भर्चुअल मुद्रा मार्फत गरिने यस्ता अपराधहरूको सजायमा ध्यान केन्द्रित गर्न आह्वान गरेको छ।
चीन प्रतिभूति नियामक आयोगसँगको समन्वय पनि बलियो गर्नुपर्ने र वित्तीय कपट र बजार हेरफेर जस्ता प्रत्याभूति सम्बन्धी अपराधहरूमा कडा सजाय दिएर पूँजी बजारमा कानूनको शासन अगाडि बढाउनुपर्ने एसपीपीले स्पष्ट पारेको छ।





