प्रधानमन्त्री ली छियाङले पन्ध्रौं पंचवर्षीय योजनाको मस्यौदामा राय सुझाव आह्वान गरे

बेइजिङ, जनवरी २० । प्रधानमन्त्री ली छियाङले सोमबार सरकारी कार्य विवरण र चीनको पन्ध्रौं पंचवर्षीय आर्थिक तथा सामाजिक विकास योजनाको मस्यौदा सम्बन्धी राय सुझाव गोष्ठीको अध्यक्षता गरेका छन्।
कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका सदस्य ली छियाङले शैक्षिक, व्यवसायिक समुदाय, शिक्षा, विज्ञान, संस्कृति, सार्वजनिक स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रका प्रतिनिधिहरूबाट दुईवटा कागजातमाथि राय र सुझाव सुनेका थिए।
ली छियाङले पन्ध्रौं पंचवर्षीय योजना तर्जुमा गर्न केन्द्रीय सिफारिस र केन्द्रीय आर्थिक कार्य सम्मेलनको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, विकासको वातावरणमा रहेका अनिश्चितताहरू सामना गर्न उच्च गुणस्तरको विकासको निश्चितता प्रयोग गर्नुपर्ने जोड दिए ।
उनले उच्च गुणस्तरको विकासलाई मार्गदर्शक लक्ष्यको रूपमा अगाडि बढाउन र अझ सक्रिय राजकोषीय नीति र मध्यम शिथिल मौद्रिक नीति लागू गर्न प्रयास गर्न आह्वान गरे।
उच्च गुणस्तरको विकास प्राप्तिका मार्गहरू विस्तार गर्नु, नवप्रवर्तन प्रेरित वृद्धि बलियो बनाउनु, सुधार र खुलापन गहिराउनु, घरेलु माग विस्तार गर्न रणनीतिक जोड दिनु र विकासको आन्तरिक गति स्थिर रूपमा बढाउनुपर्ने पनि उनले बताए।
उनले जनहितैषी नीतिहरू र उपभोग प्रवर्द्धन घनिष्ठ रूपमा एकीकृत गर्नु र भौतिक सम्पत्तिमा लगानी र मानव पुँजीमा लगानी संयोजन गरी आर्थिक वृद्धिको नयाँ चालकहरू सिर्जना गर्नु तथा सार्वजनिक कल्याण निरन्तर बढाउनु पर्ने बताए।
सरकारी कार्य विवरण र पन्ध्रौं पंचवर्षीय आर्थिक तथा सामाजिक विकास योजनाको मस्यौदा देशभरि स्थानीय सरकार र सरकारी विभागहरूलाई पठाइएको छ जसबाट राय सुझाव आह्वान गरिएको छ।





