झकबहादुर मल्ल ‘सुदीप’द्वारा जनतासँग सार्वजनिक संवादको आव्हान

उत्सवमय वातावरणमा उम्मेदवारी दर्ता सम्पन्न

सुर्खेत । सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले उत्सवमय वातावरण बीच आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि सार्वजनिक आव्हान जारी गर्दै उनले अबको यात्रामा जनताको सुझाव, सल्लाह र मार्गदर्शनलाई सर्वोपरि प्राथमिकतामा राख्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

मल्लले आफ्नो आव्हानमा भनेका छन्: जिम्मेवारी र उत्तरदायित्वसँग जोडिएका विविध विषयमा आदरणीय नागरिकहरूबाट प्राप्त हुने हरेक सुझाव र सल्लाह उनका लागि अमूल्य हुनेछन्। कुनै पनि माध्यमबाट प्राप्त हुने जनआवाजलाई गम्भीरतापूर्वक आत्मसात गर्दै अघि बढ्ने उनको संकल्प रहेको छ।

देशभित्र मात्र होइन, संसारका विभिन्न भूभागमा रहनुभएका सुर्खेत क्षेत्र नं. २ का नागरिक, बुद्धिजीवी, युवा तथा अग्रज व्यक्तित्वहरूको भावना र विचार बुझ्न तथा सम्बोधन गर्न आफू सधैं तत्पर रहने मल्लले बताएका छन्। उनले यो अभियान केवल मत माग्ने औपचारिक प्रयास नभएको स्पष्ट पार्दै जनताको मत, विश्वास र अपेक्षालाई केन्द्रमा राखेर दुःख, कष्ट र निराशाले भरिएको वर्तमान अवस्थालाई बदल्ने दृढ इच्छाशक्ति व्यक्त गरेका छन्।

“हामी भोट मात्र माग्न आएका छैनौँ,” मल्लले भने, “जनताको मतलाई आधार बनाएर समृद्ध समाज र सशक्त राष्ट्र निर्माण गर्ने सपना बोकेर जनतामाँझ आएका हौँ।”

उनको सार्वजनिक आव्हानले निर्वाचनलाई केवल प्रतिस्पर्धाको विषयभन्दा माथि उठाउँदै साझा उत्तरदायित्व, जनसहभागिता र दीर्घकालीन परिवर्तनको अभियानका रूपमा अघि बढाउने संकेत दिएको छ। स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सकारात्मक रूपान्तरणको अपेक्षासहित मल्लको उम्मेदवारीलाई सुर्खेत क्षेत्र नं. २ का नागरिकहरूले चासोका साथ हेरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button