आधाशताब्दीमा पहिलोपटक जापान पाण्डाविहीन हुने

टोकियो । जापानका अन्तिम दुई विशाल पाण्डा साओ साओ र लेई लेई जनवरी २७ मा चीनको लागि प्रस्थान गरिरहेका छन्। स्थानीय मिडियाका अनुसार यसको साथै करिब आधा शताब्दीमा पहिलोपटक जापान कुनै पनि पाण्डा बिहीन हुनेछ।

जापानी समाचार एजेन्सी क्योदोको खबर अनुसार, जुम्ल्याहा छिमेकी साओ साओ र लेई लेईलाई उएनो चिडियाखानाबाट टोकियो नजिकैको नरिता विमानस्थल पुर्याइनेछ र तिनीहरू जनवरी २८ मा चीन पुग्नेछन्। २०२१ मा जन्मेका यी जुम्ल्या पाण्डाहरूको आमा शिन शिन र बाबु री री लाई २०२४ सेप्टेम्बरमा नै चीन फिर्ता गरिसकेको छ। तिनीहरूकी ठूली बहिनी र चर्चित पाण्डा सियाङ सियाङ २०२३ फेब्रुअरीमा नै चीन फर्किसकेकी थिइन्।

चीन र जापानबीच भएको पूर्व सम्झौता अनुसार उएनो चिडियाखानाका यी पाण्डाहरू २०२६ फेब्रुअरीसम्म फिर्ता गर्ने तालिका थियो। जापानी मिडियाले भन्छ, टोकियो महानगर सरकारले चीनसँग मिति छलफल गरी करिब एक महिना अगाडि नै फिर्ता गर्ने निर्णय गरेको हो।

गत वर्ष जुनमा वाकायामा प्रिफेक्चरको चिडियाखानाका चारवटा पाण्डा पनि चीन पठाइएका थिए। साओ साओ र लेई लेईको प्रस्थानपछि १९७२ मा दुई पाण्डा आएदेखि जापान पहिलो पटक पूर्ण रूपमा पाण्डाविहीन हुनेछ। यसै वर्ष दुई देशबीच राजनयिक सम्बन्ध सामान्यीकरणको उपलक्ष्यमा चीनले जापानलाई पाण्डा उपहार दिएको थियो।

विशाल पाण्डा चीनको राष्ट्रिय प्राणी मात्र होइन, दुई देशबीच मैत्री र सांस्कृतिक आदानप्रदानको प्रतीक पनि हो। यसरी सबै पाण्डा फिर्ता भएपछि भविष्यमा जापानी जनताले कहिले पुनः यी कोमल ठूला प्राणीहरूलाई आफ्नो देशमा देख्न पाउनेछन् भन्नेमा चासो रहने बताउँछन् विश्लेषकहरूले।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button