युरोपेली साइबरसुरक्षा प्याकेजको नाममा संरक्षणवाद: चिनियाँ विदेश मन्त्रालयकाे गम्भीर आपत्ति

बेजिङ / चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार युरोपेली आयोगद्वारा सार्वजनिक गरिएको मोबाइल नेटवर्कमा आपूर्ति श्रृंखला जोखिम कम गर्ने लक्ष्यित साइबरसुरक्षा प्याकेज प्रति गम्भीर चासो व्यक्त गरेका छन्। यस प्याकेजलाई केही विश्लेषकहरूले चीन विरुद्ध लक्षित भएको बताएका छन्।
प्रवक्ता गुओ जियाकुनले चिनियाँ कम्पनीहरूले युरोपमा लामो समयदेखि कानूनी रूपमा संचालन गर्दै आएका र युरोपेली सङ्घको दूरसञ्चार र डिजिटल क्षेत्रका लागि कानून पालन गर्ने र उच्च गुणस्तरीय आपूर्तिकर्ता हुँदा युरोपेली देशहरूका लागि कहिल्यै पनि सुरक्षा खतरा बनेको छैन भनेका छन्।
उनले कुनै प्रमाण नभएको र गैर-प्राविधिक मापदण्डको आधारमा बजारबाट कम्पनीहरूलाई जबरजस्ती सीमित गर्ने वा प्रतिबन्ध लगाउने कार्यले “बजार सिद्धान्त र उचित प्रतिस्पर्धालाई गम्भीर रूपमा उल्लङ्घन गर्छ” भनेका छन्।
उनले यो संरक्षणवादी कार्य सामान्य सहकार्यलाई राजनीतिक र सुरक्षा मुद्दामा परिणत गर्ने अर्को उदाहरण हो भन्दै बजारमा मनमानी हस्तक्षेप गर्ने र आर्थिक नियमहरूलाई उल्लङ्घन गर्ने प्रयासले कुनै देशलाई सुरक्षित बनाउँदैन तर ठूलो मूल्य चुकाउनु पर्छ भनेका छन्।
“तथ्यहरूले प्रमाणित गरेको छ कि केहि देशहरूमा उच्च गुणस्तर, सुरक्षित र विश्वसनीय चिनियाँ दूरसञ्चार उपकरणहरूलाई चरणबद्ध रूपमा हटाउनाले डिजिटल र साइबरस्पेसको प्रगतिलाई मात्र नरोकी भारी आर्थिक क्षति पनि पुर्याएको छ,” गुओ जियाकुनले भने।
प्रवक्ताले युरोपेली आयोगले चिनियाँ कम्पनीहरूले सुरक्षित र उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गरेको र चीन र युरोपेली सङ्घको डिजिटल नेटवर्क उद्योगमा सहकार्यको ठूलो सम्भावना र आधार रहेको ठोस तथ्यलाई खारेज गरी सुरक्षालाई बहाना बनाएर राजनीतिक हेरफेर गरेको बताए।
“यसले न केवल युरोपेली सङ्घको प्राविधिक प्रगति र आर्थिक वृद्धिलाई गम्भीर रूपमा बाधा पुर्याएको छ, तर यसले यसको खुला बजारको प्रतिष्ठालाई पनि कलंकित गरेको छ र युरोपेली सङ्घमा विदेशी कम्पनीहरूको लगानीको विश्वासलाई कमजोर पारेको छ,” उनले भने, “हामी युरोपेली सङ्घलाई संरक्षणवादको गलत मार्ग अघि बढाउन रोक्न आग्रह गर्दछौं।”
चिनियाँ कम्पनीहरूको कानूनी अधिकार र हितहरूको रक्षा गर्न आवश्यक कदम चाल्ने बताउँदै गुओ जियाकुनले यसो भने।





