करेन्ट चाउचाउका मालिकको गाडी,बालेनको सवारी

झापा निर्वाचन क्षेत्र नम्बर-५ बाट चुनावी प्रतिस्पर्धामा रहेका बालेन्द्र साह महँगो गाडी चढेर पाथीभरा पुगेका छन् । उनी चुनाव प्रचार भन्दै पूर्वी झापाबाट इलाम,पाँचथर भएर हिजो ताप्लेजुङ पुगेका हुन् ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धारत उनी निकै महँगो गाडीमा तेह्रथुम,धनकुटाको बाटो झर्दैछन् । जनकपुरबाट बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडीमा उनको यात्रा जारी छ ।

कम्तीमा २ करोडबाट शुरु हुने ल्याण्डरोभरका गाडीहरु पछिल्लो भेरियन्टको मूल्य आठ करोडसम्म पर्दछ । उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेशको नाममा भएको स्रोतको दावी छ ।

करेन्ट चाउचाउका सिइओको जिम्मा पछिल्लो पटक रघुनाथ घिमिरेलाई दिइएको छ । घिमिरे अर्थ मन्त्रालयका उनै सुब्बा हुन् जसले जनार्दन शर्मा अर्थमन्त्री हुँदा बनाइएको मुलुकको बजेटमा ‘मुसा’ ले सिसिटिभीको तार काटेकोले भिडियो फुटेज हेर्न नमिल्ने भन्दै बिचौलियाहरुलाई सहयोग पुग्ने उद्देश्यसहित मध्यराती करको दर हेरफेर गरेका थिए ।

महँगो गाडीमा सवार बालेनले लगाएको ज्याकेटको समेत सामाजिक सञ्जालमा आलोचना भएको छ । ‘गरिबको चमेली’ गीतलाई र्यापमा उतार्ने उनले लगाएको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली मूल्य करिब ३५ हजार पर्दछ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button